कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आज काठमाडौँमा विशेष भेला गर्ने
काठमाडाैं | मंसिर १०, २०८२
तस्बिर फाइल
काठमाडौं: नेपाली काँग्रेसको विशेष महाधिवेशन पक्षधरले आज काठमाडौँमा विशेषा भेलाको आयोजना गरेको छ।
बुधबार दिउँसो १ बजेपछि राष्ट्रिय सभा गृह भृकुटीमण्डपमा हुनेगरी भेला आयोजना गरिएको नेता गुरुराज घिमिरेले जानकारी दिए।
भेलामा काठमाडौँ बाहिरबाट पनि सयौँको संख्यामा नेता कार्यकर्ताहरु आउने अर्का नेता मनोजमणी आचार्यले बताए।
जेन्जी आन्दोलन लगत्तै पार्टीको सुधार र पुनर्गठन गर्नुपर्ने र त्यसका लागि चुनाव अगाडि नै महाधिवेशन गर्नु पर्ने माग गर्दै आएका नेता तथा कार्यकर्ताहरुले नियमित महाधिवेशन नहुने संभावना देखेपछि विषेश महाधिवेशनको माग गरेका हुन।
उनीहरुले विशेष महाधिवेशन माग गर्दै देशभरका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर पार्टीका कार्यवहाक सभापति पूर्णवहादुर खड्कालाई असोज २८ गते नै बुझाएका थिए।
काँग्रेसको विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले माग गरेमा ३ महिना भित्रका विशेष महाधिवेशन बोलाउनु पर्ने व्यवस्था छ।
सोअनुसार आगामी पुष २८ भित्र नियमित वा विशेष महाधिवेशन गर्नुपर्ने वैधानिक बाध्यतामा काँग्रेस परेको छ।
वहुमतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरुको माग बमोजिम महाधिवेशन गर्ने निर्णय काँग्रेस केन्द्रीय समितिले गर्नुपर्नेमा अनिर्णित भइरहेकाले केन्द्रीय समितिलाई दवाव दिन आज विशेष भेला आयोजना गरिएको भेलाको तयारी गरिरहेका काँग्रेसका अर्का नेता युवराज पाण्डेले जानकारी दिए।
उनले भोली बस्ने कांग्रेस केन्द्रीय समितिको बैठकबाट महाधिवेशनको निर्णय नभएमा महाधिवेशन माग गर्नेहरुले नै महाधिवेशन घोषणा गर्ने सन्देश भेला मार्फत दिने बताए।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त गर्नुभएको छ । सिंहदरबारको पश्चिमद्वार नजिक रहेको राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण गरी उहाँको योगदा...
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि उज्यालो नेपाल पार्टी ९उनेपा०सँगको एकता भंग भएको निष्कर्ष निकालेको छ । उनेपासँगको एकता भंग भएपछि शनिबार (पुस २६) बस...
पोखरा: १४ औं संस्करणको पोखरा महोत्सवमा सुरक्षामा विशेष ध्यान दिइने भएको छ । महोत्सवमा आउने दर्शक र महोत्सव स्थलको सुरक्षाका लागि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सादा पोशाकका प्रहरी, सेक्युरिटी गार्...

